|  

मिस नेपाल केसीसहित राप्रपाले बनायो २० केन्द्रीय सदस्य

१ असोज, काठमाडौं । राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाएको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा पछि केसी पनि केन्द्रीय सदस्य बनेकी हुन् । 

पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएर उत्तीर्ण भएपछि उनी केन्द्रीय सदस्य बनेको प्रवक्ता मोहन श्रेष्ठले बताए । 

दार्चुलाका अशोक सिंह सम्राट
कैलालीका लोकेन्द्र कुँवर
काठमाडौंका बिनोद श्रेष्ठ
कास्कीका अरुण गिरी
सिन्धुपाल्चोकका इन्जिनियर गोपीकृष्ण चौलागाईं
दाङका शिवकुमार चौधरी
सुर्खेतका रविकिरण हमाल
पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र
काठमाडौंका समीर शर्मा
युके प्रवासका डा. डेभिड थापा
धादिङकी बिना लामा
पर्साकी बिना जयसवाल
सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा
सुनसरीकी नजियाँ खातुन मिया
ललितपुरकी इञ्जिनियर सजिना कार्की
सल्यानकी अनिशा नेपाली
तनहुँकी रेजिना श्रेष्ठ
काभ्रेपलाञ्चोककी इञ्जिनियर दीपा श्रेष्ठ
काठमाण्डौंकी आश्मा कुमारी केसी (मिस नेपाल वर्ल्ड २०२४)
हुम्लाकी तारा जैसी