|  

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

३ असोज, काठमाडौं ।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

काठमाडौंको सैनिक मञ्च टुडिखेलमा अहिले बिहान ८ बजे संविधान दिवस मूल समारोह हुँदैछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागिता रहनेछ ।आजै दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट आयोजना गरिँदैछ ।