|  

नेपाल ओमानसँग एक विकेटले पराजित

३ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल फेरि ओमनसँग हारेको छ ।

क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो । ओमानका जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए ।

नेपालका गुल्सन झाले ५ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए ।

यस्तै गुल्सन झाले ५३, आरिफ शेखले ३५ रन बनाए । ओमानका कलिमुल्लाह, फयज बट र अकिब इलियासले समान २ विकेट लिए ।जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । अ