|  

काठमाडौंको म्हैपीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ म्हैपीस्थित विष्णुमती करिडोर सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्का रहेका छन् । बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो ।

सो क्रममा मोटरसाइकल चालक खड्काको मृत्यु भएको हो । उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।