|  

आवश्यक कानुन निर्माण नै वर्तमान सरकारको प्राथमिकतामा

०३ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् । उनले आवश्यक कानुन निर्माण नै सरकारको प्राथमिकता भएको बताए । ऊर्जामन्त्री खड्काले संविधान स्थायी दस्तावेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने बताए । संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उनको भनाई छ । 

मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको भन्दै विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताए ।