|  

बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक

३ असोज, काठमाडौं । भारतीय स्पिन बलर आर आश्विनले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा शतक प्रहार गरेका छन् ।

भारत टूरमा आएको बंगलादेशसँग आजदेखि शुरु भएको पहिलो टेस्टको पहिलो दिन भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । 

केवल ३४ रन बनाएर ३ विकेट गुमाएको भारतले १४४ रन बनाउदा ६ विकेट गुमाएको थियो । त्यसपछि आश्विन र रविन्द्र जडेजाले सातौं विकेटका लागि १९५ रनको साझेदारी गरेर खेलिरहेका छन् ।

जडेजाले अविजित ८६ रन बनाएर अविजित छन् । भारतका लागि यशस्वी जैसवालले ५६ रन बनाएका थिए भने ऋषव पन्तले ३९ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर हसन महमुदले ४ विकेट लिए भने नहिद राना र मेहिदी हसन मिराजले एक एक विकेट लिएका थिए ।