|  

प्रधानमन्त्री ओली दरबारमार्गको कन्सर्टमा

३ असोज, काठमाडौं ।  राजधानीको दरबारमार्गमा जारी नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन्।

प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएका हुन्।

त्यसक्रममा उनले संविधान दिवसको शुभकामना दिएका थिए। अनौपचारिक पोशाकमा पुगेका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्‍य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए ।