|  

रोल्पामा एक गोठमा आगलागी हुँदा जल्यो ४ लाख रूपैयाँ 

४ असोज, काठमाडौं । रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रूपैयाँ जलेर क्षति भएको छ ।

थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको प्रहरीले जनाएको छ ।  ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको हो । 

नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको छ । आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको छ ।

चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोहीबाट सल्किएर आगलागी भएको हो । आगलागी हुँदा घरका सदस्य भने मेलापात गएका थिए।