|  

संघीय संसद्‍मा एक वर्षमा ३१ लाख ५३ हजार बढीको जारको पानी खपत

४ असोज, काठमाडौं । संघीय संसद्मा एक वर्षमा १२ हजार ९३३ जार खानेपानी खपत भएको छ ।

२०८० साउनदेखि २०८१ असार मसान्तसम्म ३१ लाख ५३ हजार २८२ रुपैयाँको खानेपानी खपत भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार सो १ वर्षको अवधिमा संघीय संसद् भवन र सचिवालयमा समेत गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई २७ लाख ६३ हजार ९४४ रुपैयाँ भुक्तानी भएको छ ।

यस्तै तारागाउँ विकास समितिलाई ३ लाख ८९ हजार ३३८ रुपैयाँ गरी ३१ लाख ५३ हजार २८२ रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ ।