|  

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

४ असोज, काठमाडौं । हाल कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक / दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 राति बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी पहाडी भेगका एक / दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।