|  

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

४ असोज, काठमाडौं । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज डुबेको छ ।

हिजो राति स्थानीय समयानुसार करिब १ः४५ बजे एउटा जहाज नानोर्तालिक नजिकको चट्टानमा ठोक्किएर पानीमा डुबेको हो ।

तीस मिटर लामो जहाजको ट्याङ्कमा एक हजार लिटर इन्जिन तेलबाहेक करिब १५ हजारदेखि २० हजार लिटर डिजेल रहेको अधिकारीहरूले बताएका छन् ।

जहाजको नाम र प्रकार खुलाइएको छैन । जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ ।