|  

घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने 

४ असोज, काठमाडौं । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ ।

काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। खानेपानीमन्त्री प्रदीप यादवले दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन निर्देशन दिए अनुसार मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

अहिले काठमाडौंमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ । वर्खायाम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो।