|  

कञ्चनपुरमा वर्षा र हुरीले धान बालीमा क्षति 

०४ असोज, काठमाडौं । कञ्चनपुरमा वर्षा र हुरीले धानबालीमा क्षति गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका-११ का अधिकांश किसानका खेतमा धानका बाला झुलेका छन् । तर धेरै किसानको धान हाल वर्षा र हुरीले ढलेका छन । पाकेर तयार भएको धान खेतमै ढलेपछि किसानहरु यतिबेला चिन्तित बनेका छन् । हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्याएपछि खानलाई समस्या हुने उनीहरुको गुनासो छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जिल्लाको दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको जानकारी दिएका छन् । उनका अनुसार हाल स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरेर झण्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ ।