|  

बाग्लुङका स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव

०४ असोज, काठमाडौं । बाग्लुङको धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।

धौलागिरि अस्पतालमा दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेका छन् तरउनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ ।

यता, बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढिरहेका छन् । त्यहाँ खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको छ ।