|  

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

४ असोज, काठमाडौं ।  बागलुङ धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।

दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।

केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ।अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ ।