|  

पहिलो खेलमै मोनाकोसँग हार्‍यो बार्सिलोना

४ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ ।

गएराति लिगको पहिलो खेलमै बार्सिलोना मोनाकोसँग पराजित भएको हो । मोनाकोले घरेलु मैदानमा बार्सिलोनामाथि २–१ गोलको जित निकाल्दै लिगमा सुखद सुरूवात गरेको छ ।

१० औं मिनेटमा एरिक गार्सिया रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको बार्सिलोनामाथि १६ औं मिनेटमा मोनाकोका म्यागनेस एक्लिउचले पहिलो गोल गरे ।

२८ औं मिनेटमा बार्सिलोनाका लामिन यामलले बराबरी गोल फर्काएका थिए । ७१ औं मिनेटमा जर्ज इलेनिखेनाले गरेको गोल निर्णायक हुँदा बार्सिलोना पराजित भएको हो।