|  

साताको अन्तिम दिन बढ्यो सुनको भाउ, तोलाको कति?

०४ असोज, काठमाडौं । केही दिनदेखि ओरालो लागिरहेको सुनको भाउ आज भने बढेको छ ।

नेपाली बजारमा आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १ हजार ८ सय ८० रुपैयाँ कायम भएको चाँदीको भाउ आज बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।