|  

आफ्नै जीवनकालमा कम्युनिष्ट पार्टीहरूको एकता गर्ने बामदेवको प्रण

०४ असोज, काठमाडौं । नेकपा राष्ट्रिय एकता महाअभियानका संयोजक वामदेव गौतमले आफू ज्युँदो छँदै कम्युनिष्ट पार्टीहरूको एकता गर्ने प्रण लिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘एकपटक पहिले जस्तै कम्युनिष्ट एकता गर्छु, कम्युनिष्ट आन्दोलनको एकता गर्छु । म आफ्नै जीवनकालमा यो गर्न सक्छु ।’ साथै उनले कम्युनिष्ट पार्टी एकतामा आफूले जति अरुले भूमिका खेल्न नसक्ने पनि जिकिर गरे । उनले देशको उन्नतिका लागि कम्युनिष्ट पार्टीहरूबीचको एकता अपरिहार्य भएको बताए ।

२०७५ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ सालमा एमाले र माओवादी केन्द्रकै रूपमा फर्किएपछि एमालेबाट बाहिरिएका उनले नेकपा एकता महाअभियान घोषणा गरेका छन् ।