|  

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई

०४ असोज, काठमाडौं । प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन आज अमेरिका गएकाले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिएका हुन् । आजैदेखि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सिंहले गर्ने छन् ।
प्रधानमन्त्री ओली अमेरिकाबाट असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।