|  

संशोधित संविधान नै जीवित रहन्छः सञ्चारमन्त्री गुरुङ

०४ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढ्दो क्रममा रहेको प्रतिक्रिया दिएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार २०८१ कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले राजनीति आफैंमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको बताएका हुन् । उनले राजनीतिमा अपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेमा समेत जोड दिएका छन् ।

सञ्चारमन्त्री गुरुङले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने बताए । अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरु जीवित रहेको बताउँदै उनले समयअनुकुल परिवर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने धारणा ब्यक्त गरे ।