|  

काभा महिला च्याम्पियशिपः नेपाल पुलिसले राख्ला त अपराजित यात्रा कायमै ?

०४ असोज, काठमाडौं । काभा महिला क्लब च्याम्पियशिपमा लिग चरणको अन्तिम खेलमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब भिड्दैछन् ।

माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजेबाट शुरु हुनेछ । नेपाल पुलिस क्लब एक खेल अगावै च्याम्पियशिपको फाइनल प्रवेश गरिसकेको छ । यसअघिका चारै खेलमा अपराजित रहेको नेपाल पुलिस प्रतियोगिताको शीर्ष स्थानमा छ । यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलङ्काको श्रीलङ्का एयर फोर्स, ताजकिस्तानको डाइमेड र माल्दिभ्सको वोम्को क्लबलाई पराजित गरेको थियो ।