|  

कृषि मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

४ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरू सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए । 

एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौँ फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको हो ।