|  

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पुर्णपाठ)

४ असोज, काठमाडौं ।  गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।

११ सय २४ पष्ठ लामो उक्त प्रतिवेदन बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमा सार्वजनिक गरेको हो ।

यसअघि भदौ ३१ गतेको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गरेका थिए । त्यसबेला उनले यो प्रतिवेदनमा मुख्य मुख्य कुराहरू प्रतिनिधिसभामा सुनाएका थिए ।

यसअघि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

प्रतिवेदन कार्यान्वयन गर्न विभिन्न मन्त्रालयमा पठाउन निर्णय भएको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।