|  

हरिवंश आचार्यसहित १२ जना फिल्मकर्मी सम्मानित

०४ असोज, काठमाडौं । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा चलचित्र विकास बोर्डले १२ जना फिल्मकर्मीलाई सम्मानित गरेको छ ।

विकास बोर्डले आज एक कार्यक्रमकाबीच निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्यसहित १२ फिल्मकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार-२०८१’ प्रदान गरेको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले पुरस्कार वितरण गरेका छन् । सोही अवसरमा मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै फिल्म ‘बलिदान’का ५ जना सर्जक निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट र गायिका लोचन भट्टराई सम्मानित भए ।

कार्यक्रममा अभिनेता रमेशरञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, संगीतकार विकास चौधरी र अभिनेत्री प्रेमा अधिकारी गैरे पनि सम्मानित भए । सबैलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान प्रदान गरियो ।