|  

आज यी तीन प्रदेशमा भारी वर्षा हुने 

५ असोज, काठमाडौं । शनिबार पश्चिमी भू-भागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

आज  दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी  भू-भागका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहँदा केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

दिउँसो भारी वर्षाबाहेक  कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक / दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै शनिबार राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।