|  

आज काठमाडौंका यी स्थानमा ७ घण्टा बत्ती जाने 

५ असोज, काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा ७ घण्टा  विद्युत अवरुद्ध हुने भएको छ ।

विद्यतु लाइन भूमिगात गर्ने कार्यका लागि बिहान ९ देखि साँझ ४ बजेसम्म अवरुद्ध हुने छ । प्राधिकरणका अनुसार तीनकुने, गौरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा, केएमसी हस्पिटल विद्युत अवरुद्ध हुनेछ ।

यस्तै, एयरपोर्ट तथा आसपासका क्षेत्र र भन्सार कार्यालय क्षेत्र एयरपोर्टमा पनि विद्युत सेवा बन्द हुनेछ ।