|  

यौन दुर्व्यवहारको आरोपमा ‘स्त्री २’ का कोरियोग्राफर जानी मास्टर पक्राउ

५ असोज, काठमाडौं ।  बलिउड फिल्म ‘स्त्री २’को गीत ‘आयी नही’र ‘पुष्पा’को गीत ‘श्रीवल्ली’ का कोरियोग्राफर जानी मास्टर यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

 २१ वर्षीया युवती कोरियोग्राफरले उनीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । ती युवतीले जाहेरी दिएपछि जानी मास्टरलाई बिहीबार साइबरबाद प्रहरीले गोवाबाट पक्राउ गरेको हो ।

आफ्नो जाहेरीमा कोरियोग्राफर युवतीले आउटडोर सुटिङका क्रममा जानी मास्टरले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको उल्लेख गरेकी छन्।

कोरियोग्राफर जानी मास्टरविरुद्ध हैदराबादको नरसिंगी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मा जाहेरी दर्ता भएको थियो । ती युवतीले केही वर्षदेखि आफूलाई यौन दुर्व्यवहार गरेको बताएकी छन् । जानी मास्टरको वास्तविक नाम शेख जानी हो ।