|  

राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

५ असोज, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युकेमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अध्यक्ष लिङ्देनले लन्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्।  अध्यक्ष लिङ्देन असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।