|  

 बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो, रविले अनुचित काम गरेः पोखरेल

५ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचार गरेको बताएका छन् ।

आज घोराहीमा भएको पत्रकार सम्मेलनमा बोल्दै महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरेका हुन् । ‘गोरखा मिडिया प्रालिमा रवि लामिछानेले बिना लगानी शेयर लिएको स्विकार गरेका छन्। रवि लामिछानेको भनाई मान्ने हो भने बिना लगानीको साझेदारी प्राप्त गर्नु भएको हो ।

त्यहि अन्य राजनीतिक दलले गरेको भए के गर्थे भने के हुन्छ? आफूले लगानी नै नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने !’ पोखरेलले भने, ‘बिना लगानी हिस्सेदारी–साझेदार बन्ने पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन। बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो।’