|  

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर

५ असोज, काठमाडौं ।  सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक हो कमलामाई मन्दिर ।

यो मन्दिर सिन्धुली बजार क्षेत्रबाट करिब ८ किलोमिटर टाढा रहेको छ ।माइस्थान समेत भनेर चिनिने कमलामाई मन्दिर गौमती खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ ।

ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाका कारण यस मन्दिरमा आउने भक्तजनहरूको ठूलो घुँइचो लाग्ने गर्दछ ।कमलामाई मन्दिरको उत्पतिको सम्बन्धमा वास्तविक समय तथा प्रमाणिक कथनहरू भने अधुरै छन् ।

शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ ।