|  

प्रधानमन्त्री ओली र मोदीबीच आइतबार भेटवार्ता हुने

५ असोज, काठमाडौं । संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकामा भेटघाट हुने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले अमेरिकाको समय सेप्टेम्बर २२ तारिख  साँझ ५ः३० बजे (नेपाली समयबिहान ३ः४५ बजे) प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेको छ ।

तर त्यसमा स्टार लगाएर पनि राखेको छ । स्रोतले भन्यो ‘स्टारको अर्थ समयमा तलमाथि हुनसक्छ तर साइडलाइन भेटवार्ता लगभग फिक्स नै हो ।’