|  

दशैं तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो

५ असोज, काठमाडौं । दशैं नजिकिंदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ ।

काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड, भृकुटीमण्डप, बानेश्वर लगायतका मुख्य बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको हो । कतिपयले दशैंको किनमेल थालिसकेका छन् ।

आर्थिक मन्दीका कारण व्यापार नभएर निराश भएका व्यापारीहरु दशैंमा भने व्यापार बढ्ने आशामा छन् ।अब घटस्थापना आउन दुई हप्ता पनि बाँकी छैन । अर्को हप्ताको शनिबारदेखि बिस्तारै व्यापार पढ्ने व्यापारीहरुले आशा गरेका छन् ।