|  

श्रीलंकामा राष्ट्रपतीय निर्वाचनः आज मतदान हुँदै

०५ असोज, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ ।

सन २०२२ मा भएको आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । आर्थिक संकटपछि श्रीलंकामा ठूलो विरोध प्रदर्शन भएको थियो । तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिनुपरेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका हुन् ।

आज हुन लागेको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रुपमा हेरिएको छ। करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन् ।