|  

आइसीसी विश्वकप लिगमा युएईको ऐतिहासिक जित

०५ असोज, काठमाडौं । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियालाई रोमाञ्चक खेलमा एक विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा युएईले पहिलो पटक एकदिवसीय क्रिकेटमा ३१४ रनको विशाल लक्ष्य पछ्याउँदै कीर्तिमानी जित दर्ता गरेको हो । नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ३१३ रन बनायो । युएईले ३१४ रनको चुनौतीलाई ४९.३ ओभरमा ९ विकेटको क्षतिमा पूरा र्गयो ।

यो जित युएईको लागि लिग-२ मा पहिलो जित हो, जसले टोलीलाई मनोबल प्रदान गरेको छ । जितसँगै युएईले पाँच खेलमा २ अंक बटुलेको छ भने नामिबियाले १० खेलमा ८ अंकसहित आफ्नो स्थान कायम राखेको छ।