|  

रविलाई विमलेन्द्रको प्रश्नः क्लीन चिटको परिभाषा बदलिएको हो ?

०५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले रास्वपा सभापति रवि लामिछानेलाई क्लीन चिटको परिभाषा बदलिएको हो भन्दै प्रश्न गरेका छन् ।

आज काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा बोल्दै उनले लामिछानेलाई दोषी ठहर गरिएको दाबी गरे । छानबिन समितिको प्रतिवेदनअनुसार नै सरकारले कारबाही प्रक्रिया अघि बढाउने नेता निधिले बताए । सहकारीको रकम अनियमितता गर्दै चेक काट्नेलाई हत्कडी लगाउनुपर्ने उनको तर्क छ ।