|  

यु-१७ साफ च्याम्पियनशिप : पाकिस्तानसँग नेपाल पराजित

०५ असोज, काठमाडौं । यु-१७ साफ च्याम्पियनशिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

भुटानको थिम्पुमा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको हो । खेल बराबरीतर्फ अघि बढेकोमा ८२ औँ मिनेटमा पाकिस्तानले गोल गरेर विजयी भएको हो । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पर्सि श्रीलङ्का र आउँदो बुधवार आयोजक भुटानसँग खेल्नेछ ।