|  

धनराज गुरुङले उपसभापति र सांसद पदबाट राजीनामा दिनुपर्छ : कांग्रेस नेता प्रधान

५ असोज, काठमाडौं ।  नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि पार्टी उपसभापति धनराज गुरुङले राजीनामा दिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रश्न उठेपछि उपसभापति र सांसद दुवै पदबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने उनको आग्रह छ । उनले भने,‘यो त उहाँले आत्मनिर्णय र आत्मसमिक्षा गर्ने कुरा हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमिक्षा गर्नुपर्छ । धनराजले संसद्मा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस भन्नुभयो । छानबिनले कारबाही सिफारिश गरेको छ । कांग्रेसले उहाँसँग छलफल गर्नुभन्दा अगाडि धनराजले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसद्को बैठकमा उपस्थित हुन्नँ भन्नुपर्यो । अहिले नै संसद्बाट पनि राजीनामा दिन सकिन्छ ।’