|  

देशलाई विकासको बाटोमा अघि बढाउन बर्तमान सरकार बनेकाे सञ्चारमन्त्रीकाे दाबी

०५ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउन नेपाली कांग्रेस–एमालेको संयुक्त सरकार गठन भएको दाबी गरेका छन् ।

लमजुङ-बेँसीसहर नगरपालिका-७ मा आज एमाले लमजुङको तेस्रो बैठकमा उनले यस्तो बताएका हुन् । सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएको उनको भनाइ छ । उनले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्ने पनि जिकिर गरे ।

सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे । सविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरवलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको भन्दै उनले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट गरे । उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरु घटाउनुपर्ने बताए । एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेले वर्तमान सरकारले मुलुकको विकासका लागि काम गरिरहेको बताए ।