|  

विश्वकप लिग-२ः आज  क्यानडासँग खेल्दै नेपाल

६ असोज, काठमाडौं । विश्वकप लिग-२ मा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल आइतबार साँझ ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ। यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ ।

नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।