|  

आज तीन वटा संसदीय समितिको बैठक बस्दै 

६ असोज, काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

जस अन्तर्गत  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ ।

यसैगरी बिहान ११ बजे नै बस्ने  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८)को कार्यप्रगतीबारे छलफल हुनेछ । त्यसैगरी विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

यता विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।