|  

भारतका चर्चित अभिनेता प्रकाश राज काठमाडौंमा 

६ असोज, काठमाडौं । भारतका चर्चित अभिनेता प्रकाश राज नेपाल आएका छन् ।

साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

प्रकाशले १० दिनसम्म  नेपालमा फिल्म सुटिङ गर्ने छन् ।