|  

बारामा वयस्क हात्ती मृत फेला

६ असोज, काठमाडौं । बारामा वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका-२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको हो ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।

हात्तीको सुडमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ । माथिबाट देखिएको हात्तीको शरीरमा कुनै घाउ खत देखिएको छैन।