|  

परराष्ट्रमन्त्री आरजु न्यूयोर्कमा

६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन राणा शनिबार स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट न्यूयोर्क पुगेकी हुन् ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्यूयोर्क पुगेकी हुन् ।