|  

इजरायलद्वारा लेबनानमा हवाई आक्रमण सुरु

६ असोज, काठमाडौं । इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ ।

सोही आक्रमणका कारण इजरायलले हफियामा रहेका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ । बेरुतमा भएको पछिल्लो हवाई आक्रमणमा ३७ जनाको ज्यान गएको थियो। यसरी ज्यान गएका मध्य तीन जना बालबालिका थिए ।

शुक्रबार मात्र १८० भन्दा बढी साइटमा हजारौँ रकेट प्रहार गरिएको थियो।लेबनानबाट पनि इजरायलमा लक्षित गर्दै ९० स्थानमा आक्रमण भएको थियो ।

आइडिएफले दिएको जानकारी अनुसार इजरायली सैन्य निकायका ११ जना मानिस निसानामा परेका थिए ।