|  

जनमोर्चा नेपालले सङ्घीयताविरुद्ध राजधानी केन्द्रीय आन्दोलन गर्ने

६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ ।

असोज ४ र ५ गते  जनमोर्चा परिषद्को ऐतिहासिक दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले १७ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्र नभएर नेपालको सम्पूर्ण जनताको आन्दोलन हो ।

यदि सङ्घीयता खारेज नभएमा मुलुक झन्पछि झन् विदेशी ऋणको मारमा पर्ने छ ’ विज्ञप्तिमा भनिएको छ ‘सङ्घीयताबाट देशको सार्वभौमसत्ता र राष्ट्रियतामाथि खतरा उत्पन्न हुने भएकोले यो आन्दोलन मुलुकलाई माया गर्ने सम्पूर्ण देशभक्तहरूको आन्दोलन हो । ’