|  

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १७ सयले बढ्यो

६ असोज, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हासम्मकै उच्च मूल्य हो ।आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।