|  

अमेरिकामा पनि मनाइयो इन्द्रजात्रा

६ असोज, काठमाडौं ।  अमेरिकाको मेरिल्याण्डमा पनि इन्द्रजात्रा मनाइएको छ ।

नेवा अर्गनाइजेसन्स अफ अमेरिकाले मेरिल्याण्ड राज्यको ब्ल्याकहिल रिजनल पार्कमा १२औं इन्द्रजात्रा समारोह आयोजना गरेको हो ।

डिसी, मेरिल्याण्ड र भर्जिनियाका नेपालीहरुको उपस्थितिमा इन्द्र जात्राको गीति नाटक तथा लाखे नाच प्रस्तुत गरिएको थियो । तत्पश्चात् पुलुकीसी प्रदर्शन गरिएको थियो र कुमारीको रथयात्रा गरी समारोह समापन भएको थियो ।