|  

न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता पक्का, तोकियो समय

५ असोज, काठमाडौं ।  संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पक्का भएको छ ।

स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे ओली-मोदी भेट तय भएको हो ।  मोदी बसेको होटलमा पुगेर ओलीले करिब आधा घण्टा भेटवार्ता गर्ने तय भएको छ ।

ओली प्रधानमन्त्री भएपछि मोदीसँग हुन लागेको यो भेटलाई चासोका साथ हेरिएको छ ।