|  

घोराहीको एक विद्यालयमा पाठ्यक्रममै राखेर कोयिन भाषा पढाउन सुरु

५ असोज, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ ।

विद्यालयले नै यस्तो पाठ्यक्रम सुरु गरेको हो । विद्यार्थीहरुले भोलिका दिनमा कोरिया जना सहज हुने भएकाले यस्तो पढाइ भएकोमा  विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । व्यवस्थापनतर्फ कक्षा ११ मा भर्ना भएकामध्ये ५५ जना विद्यार्थीले कोरियन भाषा शिक्षालाई शैक्षिक योग्यताको आधारस्तम्भका रूपमा लिएर पढ्न थालेका छन् ।

तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ । यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ ।