|  

सन्दिपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

५ असोज, काठमाडौं । महान्यायाधिवक्ता कार्यालय क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने भएको छ ।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो ।

त्यही फाइलको अध्ययनपछि महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।उच्च अदालत पाटनले सन्दिपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।